गृह मन्त्रालय

अध्यागमन विभाग

कालिकास्थान, काठमाडौँ

गृह मन्त्रालय

अध्यागमन विभाग

कालिकास्थान, काठमाडौँ

EN न्यून व्यान्डविथ Invert Color A- A A+

शुल्क

टुरिष्ट भिसा एक्सटेन्सन

  • एक भिसा बर्षमा अधिकतम बस्न पाउने १५० दिन
  • भिसा शुल्क सुरु १५ दिनसम्मको ४५ अमेरिकी डलर र त्यसपछी प्रतिदिन ३ डलर
  • अमेरीकी राहदानीबाहक नागरिक बाहेक अन्य देशका १० बर्ष मुनिका राहदानीबाहकको हकमा निशुल्क भिसा प्राप्त गर्न सकिने ।
  • समयमा नै भिसा नियमित नगरेमा जरिवाना वा बिलम्ब शुल्क तिर्नपर्ने।
  • भिसा शुल्क नलाग्ने राहदानीबाहकको हकमा समयमा नै भिसा नियमित गर्न नआएमा महानिर्देशकको आदेश अनुसार रु ५०००० सम्म जरिवाना तिर्नुपर्ने।
  • अन्य राहदानीको हकमा प्रतिदिन प्रतिदिन ५अमेरिकी डलर बिलम्ब शुल्क तथा भिसा शुल्क तिर्नुपर्ने।
  • भिसा लिँदा प्लेन वा एमआरइ के लिने एकिन गरेर मात्र निवेदन पेश गर्ने।
  • MRE  भिसा  सुविधाका लागि २५ अमेरिकी डलर थप लाग्ने।

 

 

२ अन्य भिसाबाट टुरिष्ट भिसामा परिवर्तन ।

  • अन्य भिसाबाट टुरिष्ट भिसामा रुपान्तरण गर्दा रुपान्तरण गर्नुको ‌औचित्य पुष्टि गर्नुपर्ने।
  • बिजनेस भिसाबाट टुरिष्ट भिसामा कन्भर्सन गर्दा कर चुक्ताको प्रमाणपत्र पेश गर्नुपर्ने साथै व्यवसाय बन्द गरेको भए सो सँग सम्बन्धित कागजात समेत पेश गर्नुपर्ने।
  • रिलेसन भिसाबाट टुरिष्ट भिसामा कन्भर्सन गर्दा सो को औचित्य खुलाउनुपर्ने।
  • अध्ययन भिसाबाट पर्यटक भिसामा परिवर्तन गर्दा सम्बन्धित शैक्षिक संस्थाको सिफारिस पत्र तथा शैक्षिक संस्थाले जारी गरेका प्रमाणपत्रहरु सक्कलै पेश गर्नुपर्ने।
  • श्रम भिसाबाट पर्यटक भिसामा कन्भर्सन गर्दा सम्बन्धित प्रतिष्ठानबाट सिफारिस पत्र ल्याउने।

 

३ गैरआवासीय नेपालीलाई भिसा

  • गैर आवासीय नेपालीलाई भिसा शुल्क नलाग्ने।तर अनिवार्य रुपमा भिसा नियमित गर्नुपर्ने।
  • भिसा थप गर्न आउँदा गैरआवासीय नेपालीको परिचयपत्र वा गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र सक्कल साथ ल्याउन पर्ने।
  • राहदानीमा उल्लेख भएको नाम जम्ममिति लगायतका व्यक्तिगत बिवरणहरु र गैरआवासीय नेपालीको परिचयपत्र वा गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्रमा उल्लेख भएको बिवरणहरुमा एकरुपता हुनुपर्ने।
  • समयमा भिसा नियमित गर्न नआएमा महानिर्दशकको आदेशानुसार रु ५०००० र प्रति महिना १० अमेरिकी डलर बिलम्ब शुल्क बुझाउनुपर्ने।

 

अन्य नियमहरु

  • भिसा नियमित गर्न सम्बन्धित व्यक्ति सक्कलै राहदानी सहित अनिवार्य रुपमा उपस्थित हुन पर्ने।
  • १० वर्ष मुनिका नाबालकको हकमा नाताखुल्ने प्रमाणसहित अविभावक आए पनि हुने।
  • बिभागले उपलब्ध गराएको अनलाइन प्रणालीबाट अनिवार्य रुपमा आवेदन पेश गर्नुपर्ने र बिभागले उपलब्ध गराएको टोकन लिइ आफ्नो पालो पर्खने।

 

सेवा प्राप्त गर्न लाग्ने समय २ घण्टा

कार्यालय समय १० देखि ४

शनिवार र सार्वजनिक विदाका दिन ११ देखि २

सम्पर्क गर्ने स्थान बिभागको भुइँ तलामा रहेको कोठा नं ००१



लाग्ने समय

दुइ घण्टा

कागजातहरु

नेपालीमा

  1. Passport
  2. Receipt of Online Application
  3. Tax clearance certificate in case of Transfer from Business visa to Tourist Visa
  4. Copy of passport of guardian incase of minor below 10 years of Age.


प्रक्रियाहरु

जिम्मेवार कर्मचारी/शाखा

प्रशासन शाखा
(कोठा नं - 304)

पछिल्लो अपडेट गरिएको : 2025-11-27 16:21:23 16:21:23
© सर्वाधिकार सुरक्षित अध्यागमन विभाग
साइट हेरिएको : web counter