गृह मन्त्रालय

अध्यागमन विभाग

कालिकास्थान, काठमाडौँ

गृह मन्त्रालय

अध्यागमन विभाग

कालिकास्थान, काठमाडौँ

EN न्यून व्यान्डविथ Invert Color A- A A+

अध्यागमन विभाग तथा कार्यालयहरुमा स्वचालित प्रणाली लागू गर्ने, अनलाईन सेवा तथा भावी सुधारका योजनाहरु ।

महानिर्देशक

3 महिना अगाडी

2080-10-26


  • नेपालमा विदेशीहरुको प्रवेश¸ उपस्थिति र प्रस्थानलाई व्यवस्थित, नियमित र नियन्त्रित रुपमा समग्र अध्यागमन प्रशासनलाई पारदर्शी, उत्तरदायी, मितव्ययी बनाउनको लागि सरल, सहज र छिटो छरितो सेवा प्रवाह गर्न पूर्ण रुपमा अनलाइन मार्फत् स्वचालित सेवा प्रवाह गर्ने कार्यको प्रारम्भ गरिएको छ । विभागबाट प्रदान हुने सेवाहरुलाई पुर्णरुपमा अनलाईन र कार्यालयको कार्य प्रकृया स्वचालित गरिएको छ। साथै सबै अध्यागमन कार्यालयहरुलाई स्वचालित प्रणालीको सञ्जालमा जोडिएको छ ।
  • अध्यागमन विभाग र अन्तर्गत कार्यालयहरुलाई पूर्ण रुपमा Digitize र Automation गर्ने अभियानको क्रममा सबै कर्मचारीहरुले कार्यालयको कार्य भौतिक उपस्थिति बिना घरैबाट समेत लगइन गरेर काम सम्पन्न गर्न सकिने भएको छ ।यसै महिनादेखि हस्तलिखित हस्ताक्षरको सट्टामा Digital Signature को प्रयोगमा ल्याइने छ । यसको लागि हाल System Integration गर्ने कार्य भइरहेको छ ।
  • अध्यागमन विभागबाट प्रदान हुने सबै सेवाहरु अनलाइन प्रणालीमार्फत् स्वचालित रुपमा (office Automation System) सञ्चालन भइरहेकोले नयाँ भिसा प्राप्त गर्न, भिसाको म्याद थप गर्न, पदयात्रा अनुमती प्राप्त गर्न सेवाग्राहीहरु भौतिक रुपमा कार्यालयमा उपस्थित हुनुपर्ने, आवेदन दिन र भुक्तानी गर्न लाइन बस्नु पर्ने अवस्थाको अन्त्य भएको छ ।नाता र विवाहको आधारमा गैर पर्यटक भिसा लिने सेवाग्राही बाहेक अन्य सेवाग्राही विभाग आउनु पर्ने छैन । सबै प्रक्रिया अनलाइनमार्फत् नै हुने र अन्तिममा भिसा स्टिकर टाँस गर्न मात्र विभाग वा नेपालको जुनसुकै अध्यागमन कार्यालयबाट भिसा स्टिकर टाँस गर्न सकिनेछ ।
  • भिसा जारी गर्ने व्यवस्थालाई थप प्रभावकारी, व्यवस्थित र सहज वनाउन कुटनैतिक नियोगहरुसँग सम्बन्धित भिसाका सम्पूर्ण कार्यहरु कन्सुलर सेवा विभागबाट र Business Visa उद्योग विभागमा रहेको एकल विन्दु सेवा केन्द्रबाट नै जारी गर्ने कार्य शुरु गरिएको छ।
  • Less Paper को अवधारणा बाट सुरु गरि Paper Less मा पुग्ने उद्देश्यका साथ विभागलाई पुर्णरुपमा अटोमेसन र सेवा प्रवाहलाई अनलाईन बनाईएको जसबाट कार्यालय व्यवस्थापन खर्च तथा कम जनशक्तिबाट सेवा प्रवाह गर्न सकिने भएको छ ।
  • विभागबाट लिने सेवा शुल्क, भिसा शुल्क तथा जरिवानाहरु सबै नेपाली बैङ्कहरुका मोबाईल बैंकिङ एपको QR तथा वालेट सेवा प्रदायक (Connect IPS, e-Sewa, Khalti) को खाताबाट अनलाईन मार्फत भुक्तानी गरि सेवा लिन सक्ने व्यवस्था मिलाईएको छ ।यसको लागि नेपाली वालेट e-Sewa, Khalti रहेको Government Payment menu भित्रको Department of Immigration बाट समेत ईमेलमा प्राप्त भौचर नम्बर राखेर विभागले लिने सेवा, शुल्क तथा जरिवाना तिर्ने सकिने व्यवस्था मिलाईएको छ ।
  • यसबाट सेवाग्राहीले अनलाईनबाट भरेको आवेदनको अवस्था तथा भुक्तानीको विवरण अनलाईन प्रणालीमार्फत ट्रयाक गरि हेर्न सकिने भएको छ भने विभाग तथा कार्यालयहरुबाट प्रदान गरिने सेवाको शुल्क भुक्तानीको लागि Online भुक्तानीलाई प्रोत्साहन गर्ने गरिएको छ ।
  • सेवा प्रवाह तथा सेवाग्राहीलाई सहजताको लागि Email तथा SMS मार्फत जानकारी दिने गरिएको र डिजिटल साक्षरता कम भएका सेवाग्राहीको लागि सूचना प्रविधि शाखाका कर्मचारीहरु तथा अन्य सहायक कर्मचारी मार्फत सहजिकरण गर्ने व्यवस्था मिलाइएको छ ।
  • अध्यागमन विभागको अनलाईन प्रणालीलाई राहदानी विभाग, उद्योग विभाग, कन्सुलर सेवा विभाग, भन्सार विभाग, ईन्टरपोल, वैदेशिक रोजगार विभाग, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र भुक्तानीको लागि महालेखा नियन्त्रक कार्यालय तथा अन्य विभिन्न निकायहरुका अनलाईन प्रणालीसँग अन्तरआवद्धता गरिएको छ । निकट भविष्यमै राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागसँग समेत अन्तरआवद्धता गरिने भएको छ ।
  • विदेशी नागरिकहरुले विभागबाट लिने सेवाको शेवा शुल्कको भुक्तानीको लागि Cross Border Payment (अन्तरराष्ट्रिय भुक्तानी प्रदायहरु) मार्फत विभागको प्रणाली लाई जोडन महालेखा नियन्त्रक कार्यालयसँग समन्वय भईरहेको छ । Cross Border Payment सम्बन्धी व्यवस्था भएपछि तत्काल e-Visa जारी गर्ने कार्य प्रारम्भ गरिने छ ।  
  • e-Visa लागु गर्ने पूर्व अभ्यासको लागि ETA (Electronic Travel Authorization) लाई लागू गरिएको छ। ETA मार्मत संसारको कुनै पनि ठाउँबाट बिदेशी नागरिकले भिसा आवदेन गर्न सक्ने र e-Visa Section को अध्यागमन अधिकृतले आवेदन रुजु गरे पश्चात आवेदकलाई सेवा शुल्क बापतको भौचर स्वचालित रुपमा आवेदकको ईमेलमा जाने र आवेदकले नेपाली बैङ्किङ प्रणाली मार्फत भुक्तानी गरे पश्चात अध्यागमन विभागको प्रणालीबाट विद्युतीय हस्ताक्षरित ETA सम्बन्धित व्यक्तिको ईमेलमा जाने व्यवस्था रहेको छ । सो ETA लिएर विदेशी नागरिक नेपालको कुनै प्रवेश बिन्दुमा आई VISA लिएर नेपाल प्रवेश गर्ने व्यवस्था मिलाइएको छ।
  • विभाग तथा अध्यागमन कार्यालयहरु र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले प्रयोग गर्ने प्रणालीलाई ७ दिन निरन्तर सेवा प्रणाहको लागि प्रणालीको पुर्वाधार स्तरोउन्नती गरी त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा Primary Data Center र राष्ट्रिय सूचना प्रविधि केन्द्रमा Recovery Center रहने तथा आवश्यकता अनुसार दुबै ठाउँबाट समानान्तर रुपमा प्रणाली सञ्चालन गर्न सकिने गरी प्रणालीको पूर्वाधार विकासको लागि Private Cloud मा आधारित अत्याधुनिक Near Line Data Center (NLDC) स्थापनाको लागि खरिद प्रकृया अन्तिम चरणमा पुगेको छ । प्राकृतिक विपत्ति वा विपद्को समयमा Data Security को लागि हेटौडामा रहेको Data Recovery Centre (DRC) मा समेत Backup रहने व्यवस्था मिलाइएको छ ।
  • हाल सञ्चालनमा रहेको प्रणालीको सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखि प्रणालीको सुरक्षा परिक्षण तथा हालको Monolithic प्रणालीलाई Micro Service Architecture मा विकास गरि सञ्चालनमा ल्याउने र प्रणालीलाई विभागको जनशक्तिबाट सञ्चालन हुने व्यवस्थाको लागि कार्य अघि बढाईएको छ।
  • नेपाल पर्यटन बोर्डको सहयोगमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको प्राविधिक तथा भौतिक पूर्वाधार सुधारको लागि विनियोजित रकम रु. २ करोडको खरिद प्रकृया सम्पन्न भइ कार्य प्रारम्भ गर्ने चरणमा रहेको छ । यसबाट हालको पुरानो प्रविधि र संरचनाहरु विस्थापित भई आधुनिक प्रविधियुक्त र सेवाग्राही मैत्री संरचनाको निर्माण हुनेछ ।
  • हालको प्रणालीमा रहेका तथ्याङ्कहरुलाई विश्लेषण तथा अन्य प्रयोजनको लागि आवश्यक रिपोर्टिङ्क प्रणालीको विकास गर्ने गरि अध्ययन भईरहेको छ । यसबाट भविष्यमा देशलाई आवश्यक पर्ने तथ्याङ्कहरु सहज रुपमा प्राप्त हुनेछ ।  
  • हाल विभागले जारि गरिरहेको भिसा स्टिकरलाई स्तरउन्नोति गरि नयाँ आधुनिक मुद्रण सुरक्षा सहितको भिसा स्टिकर लागु गर्ने गरि डिजाइन सम्पन्न भएको छ । निकट भविष्यमा नै यो आधुनिक मुद्रण सुरक्षा सहितको भिसा स्टिकर जारी हुनेछ ।
  • सेवा ग्राह्रिको सहजताका लागि विभागबाट Kiosk मेसिन हटाई अनलाईन मार्फत प्रदान गरिने सेवाहरुको प्रयोगकर्ता निर्दिशिका (User Manual) प्रणालीमा राखिएको आवश्यकता अनुसार विभागका कर्मचारीहरुलाई मोबाईल तथा बिदेशबाट WhatsApp Viber मार्मत सहजिकरण गर्ने गरिएको छ।
  • विभागको वेवसाईट तथा अन्य प्रणालीहरुलाई व्यवस्थित गरि सेवा प्रवाह तथा Digital Archive तथा अध्यागमन तथा Nepali Port प्रणालीसँग रहेका विभिन्न तथ्याङ्कहरुलाई स्वचालित रुपमा वेवसाईटमा प्रशासन हुने व्यवस्थाको लागि नयाँ स्वरुपमा नयाँ Websiteआजैदेखि सुरु हुनेछ ।
  • भिजिट भिसामा UAE, Bahrain, Kuwait, Qatar, Oman, Saudi Arabia जाने नागरिकहरुले भर्ने स्व:घोषणा फाराम अनलाईनबाट भर्न गर्न सक्ने गरि प्रणालीको विकास गरि वेवसाईटमा राखिएको छ । अबदेखि स्व:घोषणा फाराम अनलाइन भर्न सक्ने व्यवस्था मिलाइएको छ ।
  • कर्मचारीलाई सेवा प्रवाहको सहजताको लागि विदेशमा रहने नेपाली नागरिक तथा विदेशी नागरिकहरुको सहजताको लागि समाजिक सञ्चालहरु Viber, WhatsApp तथा WeChat जस्ता समाजिक सञ्चाल प्रयोगको लागि प्रोत्साहित गरिएको गरिएको छ।  
  • २०८० फागुन १ गतेदेखि विदेशी नागरिकले निषेधित क्षेत्रमा पदयात्रा गर्नु पर्दा लिनु पर्ने Trekking Permit लाई Automate Trekking Agency system लाई स्वचालित प्रणालीमा अध्यागमन अधिकृतले आवेदन रुजु गरे पश्चात आवेदकलाई सेवा शुल्क बापतको भौचर स्वचालित रुपमा आवेदकको ईमेलमा जाने र आवेदकले नेपाली बैङ्किङ प्रणाली मार्फत भुक्तानी गरे पश्चात अध्यागमन विभागको प्रणालीबाट विद्युतीय हस्ताक्षरित Trekking Permit जारी भई सम्बन्धित agency ले आफैले print गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
  • अध्यागमन कार्यालयहरुमा नयाँ कर्मचारी पठाउदा कम्तिमा ५ दिनको Nepali Port प्रणाली सञ्चालन सम्बन्धी आधारभुत तालिम प्रदान गरेर कार्यालयमा पठाउने व्यवस्था गर्ने गरि तयारी गरिएको यसै महिनादेखि प्रारम्भ गरिनेछ ।
  • विद्युतीय सारक्षरता र e-visa तथा अन्य visa apply गर्ने अनलाइन प्रणालीको सम्बन्धी जानकारीको लागि Hotel Association of Nepal (HAN) Trekking Agencies Association of Nepal (TAAN), Nepal Association of Tours and Travels Agencies (NATTA), Expedition Operator Association Nepal (EOA), Nepal Mountaineering Association (NMA), Village Tourism Promotion Forum (VITOF) Nepal, Himalayan Rescue Association  (HRA), Thamel Tourism Development Council (TTDC), Tourist Guide Association of Nepal (TOURGAN), PATA Nepal Chapter, Skal International Nepal, Nepal Tourist Vehicle Association (NTVA), Tourist Bus Association of Nepal (TBAN), Nepal Association of Rafting Agencies (NARA) र Sagarmatha Pollution Control Committee (SPCC) लगायत संस्थाहरुसँग सहकार्य गरी पर्यटन क्षेत्रसँग सम्बन्धित व्यवसायी तथा कर्मचारीहरुलाई तालिम दिने कार्य यसै महिनादेखि शुरु गरिने छ ।
  • त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको पूर्वाधार सुधारको लागि Worldlink सँग सहकार्य गरी arrival तर्फ निशुल्क WI-FI सेवा जडान गरिएको छ भने online registration को लागि आवश्यक पर्ने KIOSK Machine एभरेष्ट बैंक लिमिटेडले उपलब्ध गराएको छ ।
  • मौजुदा जनशक्ति र स्रोत साधनमा थप नगरी २०८० फागुन १ गतेदेखि यस विभागको सेवा प्रवाह विहान १० बजेदेखि ५ बजेसम्म सञ्चालन हुने गरेकोमा अब बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म र e-visa शुरु भएपछि बिहान ७ बजेदेखि बेलुकी ९ बजेसम्म सिफ्ट प्रणालीमा ३६५ दिन नै कार्यालय सञ्चालन हुनेछ ।

 

 

अध्यागमन विभाग

मिति २०८०/१०/२६

पछिल्लो अपडेट गरिएको : 2024-05-20 17:55:04 17:55:04
© सर्वाधिकार सुरक्षित अध्यागमन विभाग
साइट हेरिएको : web counter