लोड हुँदैछ…
Logo

नेपाल सरकार

गृह मन्त्रालय

अध्यागमन विभाग

कालिकास्थान, काठमाडौँ

२०८३ कार्तिक २३ गते सोमबार
मुख्य मेनु
/ बारम्बार सोधिने प्रश्नहरु
जम्मा १२ प्रश्नहरू

खोजी भइरहेको छ...

वैवाहिक भिषा बारे सोधिने प्रश्न ४ बारम्बार सोधिने प्रश्नहरु
४

यो भिषा बढीमा एक वर्ष सम्मको लागि जारी गरिन्छ। पहिलो पटक यस भिषाको लागि निवेदन गर्नेको हकमा भने ६ महिना सम्मको लागि मात्र जारी गरिन्छ। त्यसपछि बढीमा एक वर्ष सम्मको लागि जारी गरिन्छ।

भिषा शुल्क: मासिक १५ अमेरिकी डलर, बहुप्रबेशी Multiple Re-entry सुबिधाको लागि थप ६० अमेरिकी डलर र Single Re-entry सुबिधाको लागि २० अमेरिकी डलर

नेपालीसँग विवाह गरेका बिदेशी नागरिकले भिषाको लागि आवेदन गर्दा हरेक पटक नेपाली नागरिक (श्रीमान् वा श्रीमतीलाई) साथमै लिएर आउनु पर्छ।

सक्नुहुन्छ। स्थानीय निकायबाट सासु ससुरासँग नाता प्रमाणित गरेको प्रमाणपत्र, तपाईको विवाह दर्ताको प्रमाणपत्रको साथ सनाखत गर्न सासु वा ससुरालाई (जोसँग नाता प्रमाणपत्रमा नाता कायम भएको छ, यदि दुबै जनासँग भएको छ भने जो एक जना आए पनि हुन्छ) लिएर आउनुहोला।

नोट: नेपाली नागरिकसंग विवाह गरेको विदेशी महिलाले आफ्नो पतिको मृत्यु भएपछि वा नेपाली पति वा पत्नीको विभागमा उपस्थिति हुन नसक्ने अवस्था सृजना भएमा सासु/ससुरा/वालिग छोरा/छोरी/देवर/जेठाजुको सनाखतका आधारमा समेत गैर पर्यटक भिसा जारी गर्ने।

तपाईले यस विभागको कार्य सहमति तथा श्रम विभागको श्रम स्वीकृति बिना तलब लिइ वा नलिइ काम (रोजगारी) प्राप्त गर्न सक्नुहुन्न।

नाता सम्बन्धि भिषा बारे सोधिने प्रश्न ५ बारम्बार सोधिने प्रश्नहरु
५

तपाईको नातेदार प्रत्येक पटक सनाखत गर्न आउनुपर्छ। एकचोटि आएर सनाखत गरेको आधारमा पुन: भिषा जारी गर्न सकिदैँन।

भिषा लिँदा हरेकपटक सक्कल कागजात र छायाँप्रति सहित आउनुपर्ने हुन्छ।

यो भिषा बढिमा एक वर्षको लागि जारी गरिन्छ।

भिषा शुल्क: मासिक १० अमेरिकी डलर, बहुप्रबेशी Multiple Re-entry सुबिधाको लागि थप ६० अमेरिकी डलर र Single Re-entry सुबिधाको लागि थप २० अमेरिकी डलर

सकिदैँन। हालको अवस्थामा नाता सम्बन्धी भिषा अध्यागमन विभाग, तराइमा रहेका अध्यागमन कार्यालयहरु (मोहना-कैलाली, गड्डाचौकी-कञ्चनपुर, नेपालगञ्ज-बाँके, बेलहिया-रुपन्देही, विरगंज-पर्सा, विराटनगर-मोरङ, काकडभिट्टा-झापा) र अध्यागमन कार्यालय पोखरा, कास्कीबाट जारी गरिन्छ।

तपाईले यस विभागको कार्य सहमति तथा श्रम विभागको श्रम स्वीकृति बिना तलब लिइ वा नलिइ काम (रोजगारी) प्राप्त गर्न सक्नुहुन्न।

अध्ययन भिसा बारे सोधिने प्रश्न ५ बारम्बार सोधिने प्रश्नहरु
५

अध्ययन भिषा अध्ययन, अनुसन्धान तथा अध्यापनको लागि जारी गरिन्छ।

अध्यापनको लागि अध्ययन भिषा लिएका बाहेक अन्यलाई काम गर्न निषेध गरिएको छ।

  • शिक्षा मन्त्रालयको सिफारिश
  • गृह मन्त्रालयको कार्य सहमति
  • श्रम विभागको श्रम स्वीकृति

अध्यापनको लागि लिईने अध्ययन भिषाको शुल्क: मासिक ४० अमेरिकी डलर। बहुप्रवेशी सुविधाको लागि थप ६० अमेरिकी डलर।

अध्ययन भिषा प्राप्त गर्न चाहिने नियमित कागजात बाहेक तपाईको शैक्षिक प्रगति पुष्टि गर्ने प्रमाणपत्र आवश्यक हुन्छ।

प्रति ब्यक्ति वार्षिक ३००० अमेरिकी डलर। आश्रितको लागि प्रति आश्रित वार्षिक थप २००० अमेरिकी डलर।

पदयत्रा बारे सोधिने प्रश्न ७ बारम्बार सोधिने प्रश्नहरु
७

ब्यक्तिगत रुपमा पदयात्रा अनुमति प्रदान गरिने ब्यवस्था छैन। नेपालका आधिकारिक ट्रेकिङ एजेन्सी मार्फत् पदयात्राको अनुमति प्राप्त गर्न सक्नुहुन्छ। त्यसैले आफूलाई उपयुक्त लाग्ने ट्रेकिङ एजेन्सीसँग सम्पर्क गर्नुहोला।

यी क्षेत्रमा एक्लै पदयात्रामा जाने अनुमति छैन।

पासपोर्ट र पदयात्रा अनुमति यात्राभर साथमै राख्नुहोला।

अनुमति पत्रमा तोकिएको रुट वा ठाउँ बाहेक अन्य ठाउँ वा रुटमा जान निषेध छ।

पदयात्राको लागि अनुरोध गरेको १ दिनभित्र पदयात्रा अनुमति पत्र प्राप्त गर्न सकिन्छ।

साधारणतया सार्वजनिक विदाको दिन परमिट प्राप्त गर्न सकिदैन तर कार्यालयले सूचना प्रकाशन गरेर सार्वजनिक बिदाको दिन पनि सेवा प्रदान गर्न सक्दछ। पदयात्रीहरुलाई पदयात्राको क्रममा आकस्मिक उद्दार गर्नु परेमा सार्वजनिक बिदाको दिन पनि अनुमति प्रदान गर्न सक्दछ।

पदयात्रा अनुमति पत्रको लागि पदयात्री नेपालमा नै रहन जरुरि छैन तर कम्तिमा नेपालको इलेक्ट्रोनिक ट्राभल अथोराइजेसन् (ETA) भने लिएको हुनु पर्दछ।

नेपाल आगमन बारे सोधिने प्रश्न ५ बारम्बार सोधिने प्रश्नहरु
५

प्रवेश बिन्दुबाट जारी गरिने भिषा सबै पर्यटक भिषा हुन्। पर्यटक भिषा बाहेक अन्य भिषा प्रवेश बिन्दुबाट जारी गरिदैन।

अध्यागमन कार्यालय, त्रि.अ.वि लगायत प्रवेश बिन्दुबाट जारि गरिने सबै भिषाहरु बहुप्रवेशी सुविधा सहितको पर्यटक भिषा हुन्।

१० वर्ष मुनिका बच्चाहरुको लागि भिषा शुल्क लाग्दैन।

हवाई उडानबाट नेपाल आउने भारतीय नागरिकले भारतीय पासपोर्ट वा निर्वाचन आयोगबाट जारी गरिने मतदाता परिचय पत्रबाट मात्र नेपाल प्रवेश गर्न सक्नेछन्। अभिभावकको साथमा आएका १८ वर्ष मुनिका बालबालिकाको लागि भने विद्यालयको परिचयपत्र वा जन्म दर्ता पेश गर्नुपर्ने छ।

तपाईले आफूलाई पायक पर्ने बिदेशस्थित नेपाली दूतावास वा कूटनैतिक नियोगमा सम्पर्क राखि भिषा लिएर नेपाल आउन सक्नुहुन्छ।

Working भिषा बारे सोधिने प्रश्न ४ बारम्बार सोधिने प्रश्नहरु
४

  • नेपाल सरकारको कार्यालय वा आयोजनामा प्रत्यक्ष रुपमा संलग्न भई कार्यरत हुने विदेशी र तिनका आश्रित परिवारलाई प्रति महिना ३० अमेरिकी डलर बरावरको नेपाली मुद्रा
  • अन्य विदेशी नागरिकहरुलाई ७५ अमेरिकी डलर प्रति महिना
  • बहुप्रबेशी Multiple Re-entry सुबिधाको लागि थप ६० अमेरिकी डलर र Single Re-entry सुबिधाको लागि थप २० अमेरिकी डलर

तपाईले लिएको Working भिषा तथा तपाईका आश्रितबारे विवरण खुलाई प्राप्त भएको सम्बन्धित मन्त्रालयको सिफारिशको आधारमा।

आश्रित भिषामा नेपाल बस्नेले काम गर्न पाउँदैनन्।

आवश्यक कागजात पूरा गरि भिषाको लागि आवेदन गरेको खण्डमा सोहि दिन।