लोड हुँदैछ…
Logo

नेपाल सरकार

गृह मन्त्रालय

अध्यागमन विभाग

कालिकास्थान, काठमाडौँ

२०८३ आश्विन २९ गते बिहीबार
मुख्य मेनु
/ बारम्बार सोधिने प्रश्नहरु
जम्मा ३१ प्रश्नहरू

अध्यागमन विभाग (DOI) अध्यागमन ऐन, २०४९; अध्यागमन नियमावली, २०५१; र अध्यागमन कार्यविधि, २०६५ बमोजिमको कानूनी ढाँचाबाट निर्देशित रहेको छ । सोही आधारमा विभागले भिसा जारी गर्ने, ट्रेकिङ परमिट जारी गर्ने, अध्यागमनसम्बन्धी कानूनको उल्लङ्घन वा पालनामा त्रुटि भएमा हिरासतमा राखी अनुसन्धान गर्ने र अदालतमा मुद्दा दायर गर्ने कार्यहरू गर्दछ। यी कार्यहरू अध्यागमन विभागको कार्यालय (काठमाडौँ) र दश वटा आगमन तथा प्रस्थान बिन्दुहरू (जसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (TIA) स्थित अध्यागमन कार्यालय पनि समावेश छ) मार्फत सञ्चालन हुन्छन्।


आगमनका क्रममा पर्यटक भिसा आगमन तथा प्रस्थान बिन्दुहरूमा रहेका अध्यागमन कार्यालयहरूले जारी गर्दछन्, तर पोखरा अध्यागमन कार्यालयले भने यस्तो भिसा जारी गर्दैन। पोखरा अध्यागमन कार्यालयले पर्यटक भिसा नवीकरण (विस्तार) गर्ने र प्रतिबन्धित क्षेत्रको ट्रेकिङका लागि ट्रेकिङ परमिट जारी गर्ने कार्य गर्दछ, जुन कार्य अन्य आगमन तथा प्रस्थान बिन्दुहरूले गर्दैनन्। पर्यटक भिसाको नवीकरण अध्यागमन विभाग (DOI) र अन्य अध्यागमन कार्यालयहरूबाट गर्न सकिन्छ। गैर पर्यटक भिसा अध्यागमन विभाग तथा अन्य केही अध्यागमन कार्यालयहरूबाट जारी तथा नवीकरण गरिन्छ।

यो भिषा बढीमा एक वर्ष सम्मको लागि जारी गरिन्छ। पहिलो पटक यस भिषाको लागि निवेदन गर्नेको हकमा भने ६ महिना सम्मको लागि मात्र जारी गरिन्छ। त्यसपछि बढीमा एक वर्ष सम्मको लागि जारी गरिन्छ।

भिषा शुल्क: मासिक १५ अमेरिकी डलर, बहुप्रबेशी Multiple Re-entry सुबिधाको लागि थप ६० अमेरिकी डलर र Single Re-entry सुबिधाको लागि २० अमेरिकी डलर

  • नेपाल सरकारको कार्यालय वा आयोजनामा प्रत्यक्ष रुपमा संलग्न भई कार्यरत हुने विदेशी र तिनका आश्रित परिवारलाई प्रति महिना ३० अमेरिकी डलर बरावरको नेपाली मुद्रा
  • अन्य विदेशी नागरिकहरुलाई ७५ अमेरिकी डलर प्रति महिना
  • बहुप्रबेशी Multiple Re-entry सुबिधाको लागि थप ६० अमेरिकी डलर र Single Re-entry सुबिधाको लागि थप २० अमेरिकी डलर

तपाईको नातेदार प्रत्येक पटक सनाखत गर्न आउनुपर्छ। एकचोटि आएर सनाखत गरेको आधारमा पुन: भिषा जारी गर्न सकिदैँन।

प्रवेश बिन्दुबाट जारी गरिने भिषा सबै पर्यटक भिषा हुन्। पर्यटक भिषा बाहेक अन्य भिषा प्रवेश बिन्दुबाट जारी गरिदैन।

ब्यक्तिगत रुपमा पदयात्रा अनुमति प्रदान गरिने ब्यवस्था छैन। नेपालका आधिकारिक ट्रेकिङ एजेन्सी मार्फत् पदयात्राको अनुमति प्राप्त गर्न सक्नुहुन्छ। त्यसैले आफूलाई उपयुक्त लाग्ने ट्रेकिङ एजेन्सीसँग सम्पर्क गर्नुहोला।

अध्ययन भिषा अध्ययन, अनुसन्धान तथा अध्यापनको लागि जारी गरिन्छ।

नेपालीसँग विवाह गरेका बिदेशी नागरिकले भिषाको लागि आवेदन गर्दा हरेक पटक नेपाली नागरिक (श्रीमान् वा श्रीमतीलाई) साथमै लिएर आउनु पर्छ।

तपाईले लिएको Working भिषा तथा तपाईका आश्रितबारे विवरण खुलाई प्राप्त भएको सम्बन्धित मन्त्रालयको सिफारिशको आधारमा।

अध्यागमन कार्यालय, त्रि.अ.वि लगायत प्रवेश बिन्दुबाट जारि गरिने सबै भिषाहरु बहुप्रवेशी सुविधा सहितको पर्यटक भिषा हुन्।

यी क्षेत्रमा एक्लै पदयात्रामा जाने अनुमति छैन।

भिषा लिँदा हरेकपटक सक्कल कागजात र छायाँप्रति सहित आउनुपर्ने हुन्छ।

अध्यापनको लागि अध्ययन भिषा लिएका बाहेक अन्यलाई काम गर्न निषेध गरिएको छ।

  • शिक्षा मन्त्रालयको सिफारिश
  • गृह मन्त्रालयको कार्य सहमति
  • श्रम विभागको श्रम स्वीकृति

अध्यापनको लागि लिईने अध्ययन भिषाको शुल्क: मासिक ४० अमेरिकी डलर। बहुप्रवेशी सुविधाको लागि थप ६० अमेरिकी डलर।

आश्रित भिषामा नेपाल बस्नेले काम गर्न पाउँदैनन्।

सक्नुहुन्छ। स्थानीय निकायबाट सासु ससुरासँग नाता प्रमाणित गरेको प्रमाणपत्र, तपाईको विवाह दर्ताको प्रमाणपत्रको साथ सनाखत गर्न सासु वा ससुरालाई (जोसँग नाता प्रमाणपत्रमा नाता कायम भएको छ, यदि दुबै जनासँग भएको छ भने जो एक जना आए पनि हुन्छ) लिएर आउनुहोला।

नोट: नेपाली नागरिकसंग विवाह गरेको विदेशी महिलाले आफ्नो पतिको मृत्यु भएपछि वा नेपाली पति वा पत्नीको विभागमा उपस्थिति हुन नसक्ने अवस्था सृजना भएमा सासु/ससुरा/वालिग छोरा/छोरी/देवर/जेठाजुको सनाखतका आधारमा समेत गैर पर्यटक भिसा जारी गर्ने।

१० वर्ष मुनिका बच्चाहरुको लागि भिषा शुल्क लाग्दैन।

यो भिषा बढिमा एक वर्षको लागि जारी गरिन्छ।

भिषा शुल्क: मासिक १० अमेरिकी डलर, बहुप्रबेशी Multiple Re-entry सुबिधाको लागि थप ६० अमेरिकी डलर र Single Re-entry सुबिधाको लागि थप २० अमेरिकी डलर

पासपोर्ट र पदयात्रा अनुमति यात्राभर साथमै राख्नुहोला।

अनुमति पत्रमा तोकिएको रुट वा ठाउँ बाहेक अन्य ठाउँ वा रुटमा जान निषेध छ।

देखाउँदै 1 देखि 20 सम्म, जम्मा 31 मध्ये